घलेल ल्होछार उत्सव: घोडा दौडमा ‘हितमान च्याम्पियन’

पाेखरा | पुस २१, २०८१

घलेल ल्होछार उत्सव: घोडा दौडमा ‘हितमान च्याम्पियन’

पोखरा:  तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा जारी २६ औं घलेल ल्होछार उत्सवमा आयोजित घोडा दौडमा हितमान गुरुङ च्याम्पियन बनेका छन् ।

 

लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।

 

यस्तै गरीका विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने । 

 

प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

उनीहरुलाई २३ गते उत्सवको समापनका दिन पुरस्कृत गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । घोडा दौडमा कुल २३ टिमको सहभागिता रहेको थियो ।

 

यस्तै जारी उत्सवमा पुरुषतर्फको भलिबल प्रतियोगिता अन्तरगत दोस्रो चरणका खेलहरु जारी रहेको  क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । 

 

उनका अनुसार पुरुष भलिबलतर्फ कुल ३४ टिमको सहभागिता रहेको छ ।

 

यसअघि भएको महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगेको भलिबल खेल संयोजक गणेश बिसीले बताए ।

 

उनका अनुसार फाइनल खेल आगामी २३ गते हुने छ ।

रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन ।  जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

थप पढ्नुहोस्